बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

टोलीको जितपछि पनि कप्तान रियान परागलाई १२ लाखको घाटा

सोमबार, १८ चैत २०८१, ०९ : ००
सोमबार, १८ चैत २०८१

गुवाहाटी । राजस्थान रोयल्सका कप्तान रियान परागलाई आइतबार चेन्नई सुपर किंग्स विरुद्धको खेलमा ढिलो ओभर रेटको कारणले ठूलो रकम जरिवाना गरिएको छ। यो रोमाञ्चक खेलमा राजस्थानले ६ रनले जित त पायो तर टोलीका कप्तान रियान परागले जरिवाना तिर्नुपर्ने भएको छ । 

रियानभन्दा अगाडि आइतबार मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई पनि स्लो ओभर रेटको कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो। रियान परागमाथि लगाइएको जरिवानाको बारेमा बीसीसीआईले भन्यो, 'आईपीएल आचारसंहिताको धारा २.२२ अन्तर्गत यो सिजनमा रियान परागको टोलीको पहिलो अपराध भएकोले कप्तानलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।'

हार्दिकलाई २०२४ को आईपीएलमा यो अपराधको लागि तीन पटक सजाय दिइएको थियो, त्यसपछि उनलाई एक खेलको लागि प्रतिबन्ध लगाइएको थियो। जसका कारण मुम्बई इन्डियन्सका कप्तानलाई आइपीएल २०२५ को पहिलो खेलमा टोलीबाट बाहिर निकाल्नुपरेको थियो। तर, यसपटक नियम परिवर्तन भएको छ, जहाँ कुनै पनि खेलाडीलाई यसको कारणले प्रतिबन्ध लगाइने छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप