आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु
सोमबार, १८ चैत २०८१, ०८ : ५५

धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ चितुवाको आक्रमणमा परी ८ वर्षीय विजय रावतको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार विजय रावत घर नजिकै आँगनमा खेलिरहेको समयमा चितुवाले अचानक आक्रमण गरेको थियो। घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। घटना पश्चात् स्थानीयमा त्रास फैलिएको छ। प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव