वरिष्ठ पत्रकार कोइरालाको आज अन्त्येष्टि गरिने
सोमबार, १८ चैत २०८१, ०६ : २७

काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।
केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।
कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा काम गरेका थिए । पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा( एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम