बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

सोमबार, १८ चैत २०८१, ०६ : ००
सोमबार, १८ चैत २०८१

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । पाँचौं अधिवेशनको २५ औँ बैठक बिहान ११:०० बजे बोलाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको भनाइ छ ।  उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ ।

विपक्षीले सदनमा प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नसक्ने बताइरहँदा ओलीले भने आफूले जवाफ नदिने घोषणा सार्वजनिक कार्यक्रममार्फत गरेका थिए । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा भने उनी जवाफ दिने निष्कर्षमा पुगेका छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले चैत १८ गते बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षीको माग बमोजिम प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने जानकारी दिए ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार यस्ता छन् आजको बैठकका सम्भावित कार्यसूची :

सन्देश टेबुल

  • “बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने।

समितिको प्रतिवेदन पेश

  • पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले "जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१" पेश गर्ने।
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले "शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१" पेश गर्ने ।

व्यवस्थापन कार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले :-

  • (क) "मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने।
  • (ख) "मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१" प्रस्तुत गर्ने ।
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको "नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
  • गृहमन्त्री रमेश लेखकले "नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले "निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले "नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले :-

  • (क) "राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने ।
  • (ख) "संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप