मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी, महासचिवमा मनोज घर्तीमगर विजयी

वरिष्ठ उपाध्यक्षमा अधिकारीलाई अत्याधिक मत
सोमबार, १८ चैत २०८१, ०४ : २९
सोमबार, १८ चैत २०८१

काठमाडौं । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी विजयी भएका हुन् ।

निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी बनेका पुष्टि गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएका आचार्यले बताए । वरिष्ठ उपाध्यक्ष अधिकारी सबैभन्दा धेरै मतान्तर सहित विजयी उम्मेदवार  हुन ।

महासचिवमा मनोज घर्तीमगर विजय भएका छन् । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे ।

त्यसैगरी उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका निर्वाचन प्रमुख गोविन्द आचार्यले बताए । यी पदमा निर्विरोध नभएकाले मतदानबाट विजयी घोषणा गरिएको उनले बताएका छन् ।

प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित टीम यस्तो छ:
#अध्यक्ष:            कमल गिरी
#वरिष्ठ उपाध्यक्ष: सुरेशचन्द्र अधिकारी
#उपाध्यक्षहरु    
खुल्ला:- लक्ष्मण खड्का,विवेक गौतम र रामसिंह ठगुंना
समावेसी:- दिपक श्रेष्ठ "जलन" 
महिला:-  शान्ता अधिकारी 
#महासचिव: मनोज घर्ती मगर
#उपमहासचिवहरु :
खुल्ला:-                   ज्ञानप्रसाद पौडेल
आदीवासी जनजाती:- बुद्ध लोप्चन
 दलित:-              हर्क बहादुर विक "हरिश"
महिला:-                     लक्ष्मी आचार्य 
मधेसी:-                      अनिल मिश्र
#सचिवहरु :  
खुल्ला:-     सुरेन्द्र चालिसे र सन्तोष देउजा  
महिला:-      अन्जली थापा 
समावेसी:-   अवतार राई।
कोशी:-        दिपेन्द्र कुमार राई 
मधेस:-        सुनिता वराल, 
बागमती:-     मीन कुमार दाहाल
गण्डकी:-     दिपक भट्टराई
लुम्बिनि:-      मानसिङ्ग विक
कर्णाली:-       गणेश कञ्चन भारति
सुदुरपश्चिम प:- राजेन्द्र प्रसाद अवस्थी
 उपत्यका प :-   नवराज दाहाल
 प्रतिष्ठान प   :-   केशव भुल
  एशोसियट प :- नन्दलाल तिवारी
 #कोषाध्यक्ष  :  वसन्त गिरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप