मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

सत्यनिरुपण र बेपत्ता छानविन आयोगका पदाधिकारी सिफारिस समितिले थाल्यो काम

सोमबार, १८ चैत २०८१, ०१ : ०९
सोमबार, १८ चैत २०८१

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग जोडिएका सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ । 

समितिको आइतबारको पूर्ण बैठक बसी काम सुरु गरेको सिफारिस समितिका सदस्य एवं प्रवक्ता डा. लीली थापाले जानकारी दिईन् ।  मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिस समिति गठन भएको हो ।

सिफारिस समितिको पहिलो बैठक बसी समितिले आफ्नो कार्य प्रारम्भ गरेको र तोकिएको दुई महिनाभित्र आवश्यक काम पूरा गरिने जनाएको छ । सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी प्राप्त गरेको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य छन् । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा. लीली थापालाई सदस्यका रुपमा जिम्मेवारी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप