तीनकुने घटना र पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण नगर्न प्रहरीको आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले विज्ञप्ति प्रकाशित गरी चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा भएका घटनाबारे गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।
‘शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा भएको आन्दोलनका क्रममा विभिन्न स्थानमा हिंसात्मक तोडफोड, आगजनीलगायत तीनकुनेस्थित एक घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी मृत्युसमेत हुनेगरी विभिन्न आपराधिक घटनाहरु घटाइएको छ । सो घटनाको गाम्भीर्यता तथा सत्यतथ्यसमेत नबुझी विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक एवं गलत सूचना प्रवाह भइरहेको सन्दर्भप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइने छ ।’
घटनाका मृतकको पोष्टमार्टम प्रारम्भ नभएको अवस्थामा विभिन्न कोणबाट सामाजिक सञ्जालमा ‘चैत १५ गते आगजनीमा परेर मृत्यु भएका सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको छ ?’ लगायत शीर्षक राखी सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण भएकामा प्रहरीले आपत्ति जनाएको छ ।
यसले जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने भएकाले त्यस्ता व्यक्ति एवं संस्थालाई प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइनेसमेत प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत
-
नेपाल सुपर लिगमा धनगढीको गोल वर्षा
-
पटाका कारखानामा विस्फोट, एकै परिवारका आठ जनाको मृत्यु
-
राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना
-
दीपनगर अर्थात् दीपक बोहराले बसाएको बस्तीमा सन्नाटा
-
५ करोड क्लबमा ‘दुस्मन हेरेको हेर्यै’