तीनकुने घटना : ४१ जनाविरुद्ध पाँच दिन म्याद थप
आइतबार, १७ चैत २०८१, २३ : २४
_ZQDSDAFRec.jpg)
काठमाडौं । चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
पक्राउ परेका ४१ जनाविरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना घटाएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न भनी पक्राउ परेका अधिवक्ता स्वागत नेपाल भने संलग्नता पुष्टि नभएपछि रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत
-
नेपाल सुपर लिगमा धनगढीको गोल वर्षा
-
पटाका कारखानामा विस्फोट, एकै परिवारका आठ जनाको मृत्यु
-
राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना
-
दीपनगर अर्थात् दीपक बोहराले बसाएको बस्तीमा सन्नाटा