डडेल्धुरामा जिपबाट खसेर एक जनाको मृत्यु
आइतबार, १७ चैत २०८१, २२ : ४१

अमरगढी । जिल्लाको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेकी प्रहरीले जनाएको छ ।
आज दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से१ज ७३९ नंको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी भूलको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए ।
जिपसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर