गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरको सर्वदलीय बैठकले गणतन्त्र र संविधानको रक्षार्थ सबै एकजुट हुने निर्णय गरेको छ । बैठकपछि गृहमन्त्री रमेश लेखकले बैठकमा सहभागी सबै दल संविधान र गणतन्त्रको पक्षमा एकमत हुने निर्णय गरेको बताए ।
व्यवस्थाको रक्षा गर्दै यसैमार्फत नागरिकलाई थप सेवा प्रवाह गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको मन्त्री लेखकको भनाइ छ । ‘अहिलेको व्यवस्था उल्ट्याउने र संविधानलाई नै समाप्त पार्ने गतिविधिको मुख्य जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र हुन् भन्ने कुरामा सबै दलको एकमत रहेको छ,’ बैठकपछि मन्त्री लेखकले भने, ‘फागुन ७ र पछिल्लो चैत १५ गतेका दिन आततायी प्रकृतिका आक्रमणका घटना भएका छन् । यस्ता आपराधिक कार्यप्रति भर्त्सना गर्दै त्यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्छ भन्नेमा पनि सबै एकमत भएका छौँ ।’
मन्त्री लेखकले संविधान र व्यवस्था विरोधी कुनै पनि गतिविधि नसहने र कारबाही हुने मन्त्री लेखकको भनाइ छ । बैठकमा अहिलेको समग्र परिस्थितिका बारेमा प्रधानमन्त्री केपी ओलीले ब्रिफिङ गरेका थिए ।
माओवादी नेता शक्ति बस्नेतले चैत १५ गते भएको तीनकुने आसपासमा भएका घटनाको सूक्ष्म अध्ययन गरेर अराजक, गैरकानुनी र अमानवीय घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने धारणा माओवादीका तर्फबाट राखेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिविरुद्ध भण्डाफोर गर्ने, जनतालाई जागरूक बनाउन सहकार्य गर्ने र व्यवस्थाविरुद्ध भइरहेका अराजक गतिविधिको कानुनी निरूपणको बाटो खोज्ने सरकारको तयारीलाई साथ दिने बताए ।
‘समग्र परिस्थितिका बारेमा सरकार र राजनीतिक दलहरूको तर्फबाट जनताको भावनामा चोट पुग्ने खालका जे काम कारबाहीप्रति राजनीतिक दलहरूले गम्भीर समीक्षा गर्नुपर्छ, सुधारको प्रतिबद्धता जाहेर गर्ने र सरकारले अझ बढी जिम्मेवार भएर कमजोरी पनि सच्चाउँदै अघि बढ्नुपर्छ’, बस्नेतको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष सीके राउत, जनमोर्चाका चित्रबहादुर केसीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न