१० बजे १० समाचार : निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो, राजावादीले खोजे वैकल्पिक नेतृत्व

आज २०८१ चैत १७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !, संसदको चौथो र पाँचौँ दलले पाएनन् सर्वदलीय बैठकमा ‘स्पेस’, रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा, राजावादीको आन्दोलनबाट पछि हट्दै आफ्नै बाटो लाग्यो राप्रपा, दुर्गा प्रसाईंले भने– म भागेको छैन, राजावादीले खोजे वैकल्पिक नेतृत्व लगायत छन् ।
१. निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !
गत शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोपको ओइरो लाग्न थालेको छ । कतिपयले उनकै निर्देशनमा आन्दोलन भएको भन्दै त्यसबाट मुलुकको भोगेको क्षतिको जिम्मेवार उनी नै रहेको आरोप लगाइरहेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्रले आफूलाई विदादमा तान्ने काम भएको भन्दै निकटस्थसँग गुनासो गरेका छन् ।
२. संसदको चौथो र पाँचौँ दलले पाएनन् सर्वदलीय बैठकमा ‘स्पेस’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बेलुका राखेको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ‘स्पेस’ दिइएन ।
३. रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सहकारीको रकम हिनामिनासहितको आरोपमा मुद्दा झेलिरहेका उनी साढे ५ महिनापछि पार्टीको जिम्मेवारीमा फर्किएका हुन् ।
४. राजावादीको आन्दोलनबाट पछि हट्दै आफ्नै बाटो लाग्यो राप्रपा
गत शुक्रबार राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएर सर्वत्र आलोचित बनेपछि राप्रपा आफ्नै बाटो लागेको छ । राजावादीले गर्ने सबै आन्दोलनमा सघाउने नीति लिएको राप्रपा अहिले भने आफ्नै ढंगले कार्यक्रमलाई अघि बढाउने तयारी गरेको हो ।
५. दुर्गा प्रसाईंले भने– म भागेको छैन
चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू नभागेको भन्दै भिडियो सन्देश जारी गरेका छन् । आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको उनको भनाइ छ ।
६. राजावादीले खोजे वैकल्पिक नेतृत्व
वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ । आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमान गुरुङलाई दिइएको हो ।
७. निर्मल निवासको गेटबाटै महानगरको टोली फिर्ता
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो ।
८. प्रतिनिधि सभा बैठकमा अवरोध
प्रतिनिधि सभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले आइतबार कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।
९. सरकारको दबाब थेग्न नसकेर त्रिवि उपकुलपतिको राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै गत शुक्रबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनी काठमाडौँबाट सिधै गृहनगर पोखरा गएका थिए ।
१०. प्रेस सेन्टरमा क–कसले दिए उम्मेदवारी ?
प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । अध्यक्ष पदका लागि दीपेन्द्र रावल र कमल गिरी मैदानमा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्षमा रुवी श्रेष्ठ, सुदीप वर्देवा र सुरेशचन्द्र अधिकारीको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न