मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

नितिशको शानदार अर्धशतक, राजस्थानद्वारा १ सय ८३ रनको लक्ष्य प्रस्तुत

आइतबार, १७ चैत २०८१, २१ : ४१
आइतबार, १७ चैत २०८१

गुवहाटी । इन्डियन प्रियिमर लिग (आईपीएल) को ११ औँ खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्ससामु जितका लागि १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको हो । टोलीका लागि नितिश रानाले शानदार अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३६ बलमा ८१ रन जोडे । यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरे ।
कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । सञ्जु सामसनले १६ बलमा २० रन जोड्ने क्रममा १ चौका र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर सिमरन हेटमायरले १६ बलमा १९ रन जोडे ।

चेन्नईका लागि खलिल अहमद, नुर अहमद र मथिसा पथिरानाले २–२ विकेट लिए । खलिलले ४ ओभरमा ३८ रन खर्चिए भने नुरले २८ रन मात्र खर्चिए । पथिरानाले पनि चार ओभरमा २८ रन नै खर्चिए । रविचन्द्रन अश्विनले र रवीन्द्र जडेजाले १–१ विकेट हात पारे । 

राजस्थान रोयल्स हालसम्म प्रतियोगितामा जितविहीन रहेको छ । टोलीले यसअघि कोलकाता र सनराइजर्स हैदाराबादसँग हार बेहोरेको थियो । उता चेन्नईले हालसम्म एक खेल जितेको छ । टोलीले पहिलो खेलमा मुम्बईलाई हराउँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग स्तब्ध बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप