चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा गरिने

वीरगञ्ज । वीरगञ्जको चर्चित गहवामाई मन्दिरले चैतेदसैँका अवसरमा गहवामाईको निसानसहितको डोली यात्रा गर्ने भएको छ । माईस्थान सञ्चालन समितिले यही चैत २३ गते चैतेदसैँका अवसरमा माईको निसानसहितको डोली यात्रा गर्न लागेको हो ।
समितिका अध्यक्ष नरेन्द्र साहले डोली यात्रामा हजारौँ दशनार्थीको उपस्थितिमा गहवामाईको निसानसहितको डोली यात्रा गर्न लागिएको जानकारी दिए । ‘गहवामाई मन्दिर वीरगञ्जको मात्र नभई समग्र मधेस प्रदेशसँगै छिमेकी मुलुक भारतको विहार राज्यका दशनार्थीको आस्थाको धरोहर रहँदै आएको छ,’ उनले भने, ‘गहवामाई मन्दिरमा भाकल तथा पूजापाठ गरेमा आफ्नो मनोकाङ्क्षा प्राप्त हुने जनविश्वास छ ।’
डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नं २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा हुनेछ । मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले मन्दिरको स्थापना समय यकिन नभए पनि सयौँ वर्ष पुरानो र ऐतिहासिक मन्दिर भएको बताए ।
आकर्षक शैलीमा मार्बल प्रयोग गरी निर्माण गरिएको सो मन्दिर दुई तलाको छ । मन्दिरको गर्भगृहमा ऐतिहासिक गहवामाईको मूर्ति र सातवटा देवीको पिण्ड राखिएको छ । मन्दिरको माथिल्लो तलामा चाँदीमा कुँदेर नागको सातवटा देवीको पिण्ड राखिएको छ ।
दसैँको नवरात्रि र चैतेदसैँमा यो मन्दिरमा विशेष मेला लाग्छ । गहवामाईको नगर परिक्रममा गराएमा नगरवासीलाई सुखशान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका