ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा ठग्दै हिँडे, अनुसन्धान गरेर कारबाही गर्नुपर्छ - डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला हर्कतबारे तीन वटा सुझाव राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा भट्टराईले शाहका हर्कतबारे छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका हुन् । बैठक जारी रहेकै वेला सिंहदरबारबाट निस्किएका भट्टराईले ज्ञानेन्द्रले आफूलाई राजा नै भएको भनेर दाबी गर्दै आएको र १५ गते काठमाडौँमा भएको घटना उनकै निर्देशनमा भएको बताए । डा. भट्टराईले ज्ञानेन्द्रलाई क्षमा दिन नसकिने बैठकमा आफूले धारणा राखेको बताए ।
‘संविधानसभाबाट राजतन्त्र उन्मूलन गरेको र ज्ञानेन्द्रलाई नेपालमा बस्न सुविधा दिएको हो, तर उनले श्री ५ कै हैसियतमा ठग्दै हिँडे’, भट्टराईले भने, ‘त्यसबारे उनलाई आवश्यक अनुसन्धान गरेर कारबाही गर्नुपर्छ र १५ गतेको घटनामा पनि छानबिन गर्नुपर्छ,’ भट्टराईले भने, ‘हामीबिच कतिपय कुरामा विमति रहे पनि लोकतन्त्रको रक्षा गर्ने कुरामा पूर्ण साथ रहनेछ ।
व्यवस्था उल्ट्याउने हर्कतमा एक हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड
-
कर्णालीमा तेस्रो त्रैमासिक समीक्षा पनि कमजोर : सब पर्याप्त हुँदा पनि किन गतिलो रिजल्ट आएन ?
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा