यस्तो छ चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’

काठमाडौंँ । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा डेब्यु फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । अभिनेता सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको छ ।
सपुतकै शब्द तथा संगीत रहेको गीतमा योगेश काजी शाहले संगीत संयोजन गरेका छन् । सुशन प्रजापतिको छायांकन रहेको गीतमा केवीका खत्रीको कोरियोग्राफी र प्रवीन भट्टको सम्पादन छ ।
मनिस जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश गीतले दिने निर्देशक सपुतले बताए ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा सपुत र खड्काको अलवा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहको फिल्मले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा रहेको छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता, अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्रनारायण श्रेष्ठ कार्यकारी निर्माता हुन् । चलचित्र काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली थाइल्यान्डमा
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने