एमाले महासचिवले एकीकृत समाजवादीको पार्टी कार्यालयबारे लिए जानकारी
आइतबार, १७ चैत २०८१, २० : २८

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर तोडफोड र आगजनीबारे जानकारी लिएका छन् ।
आइतबार साँझ आलोकनगर पुगेर महासचिव पोखरेलले घटना र क्षतिबारे जानकारी लिएका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले घटनाबारे जनाकारी गराएका थिए ।
चैत १५ गते राजावादीको आन्दोलनका क्रममा सो पार्टीको केन्द्रीय कार्यालय तोडफोड र आगजनी भएको थियो ।