मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
अपडेट

अदालत परिसरमा समर्थकलाई धवलशमशेरले भने– नआत्तिनुस्, गन्तव्य नजिक छ

आइतबार, १७ चैत २०८१, १९ : ४५
आइतबार, १७ चैत २०८१

काठमाडौँ । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्किएपछि पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणाले कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् । 

आइतबार काठमाडौँ जिल्ला अदालत परिसरमा पुगेका समर्थकलाई प्रतिक्रिया दिँदै उनले नआत्तिन आग्रह गर्दै गन्तव्य नजिक भएको दाबी गरेका हुन् । 

काठमाडौँ जिल्ला अदालतले धवलसहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनलाई भड्काउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ । 

यसैबिच अदालतमा म्याद थपको बहस हुँदा राणाका वकिलले उनी क्यान्सरको बिरामी रहेको भन्दै अस्पताल बस्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । तर, बहसकै क्रममा उठेका धवलले आफू पक्राउ परेका सहकर्मीहरु बस्न तयार रहेको भन्दै जे मन लाग्छ त्यही आदेश गर्न न्यायाधीशलाई भनेका थिए । 

राणा राजावादीहरूको संयुक्त आन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिका संयोजक हुन् । सोही हैसियतमा उनी तीनकुनेको प्रदर्शनमा सहभागी भएका थिए । आन्दोलनमा हिंसा भड्किएपछि उनी शुक्रबार नै पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप