एकता महाधिवेशनका लागि एनआरएनए सदस्यता नवीकरणको म्याद एक साता थप

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले सदस्यता नवीकरणको म्याद १ साता थप गरेको छ ।
आइतबार संयोजक डा शेष घलेको अध्यक्षतामा बसेको समिति बैठकले मार्च ३१ मा सकिन लागेको सदस्यता दर्ता तथा नवीकरणको समयसीमा १ साता थपेर अप्रिल ७ सम्म कायम गरेको सदस्य विनोद कुँवरले जानकारी दिए ।
उनले अप्रिल ७ भित्र नयाँ सदस्यताका लागि आवेदन दिन वा सदस्यता नवीकरणका लागि आवेदन दिन सकिने भन्दै विश्वभरका गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि आग्रह गरे ।
बैठकले एनआरएनएको सचिवालयबाट काम गर्दै आएको अर्को समूहले गैरकानुनी काम गरिरहेको जिकिर गरेको छ । एमआईएस सिस्टममा सदस्यताको भ्यालिडिटी मार्च ३१ सम्ममात्रै हुने भनेर क्यान्सिल गर्ने काम भएको भन्दै समितिले आपत्ति जनाएको छ । यसअघि समितिले एमआईएस सिस्टममा रहेका भ्यालिड मेम्बरलाई स्वीकार गर्ने निर्णय गरेको थियो ।
समितिको सोही निर्णयपछि अर्को समूहको नियन्त्रणमा रहेको सिस्टममा रहेका सदस्य मार्च ३१ सम्ममात्रै कायम गर्ने काम भएको भन्दै कुँवरले सो कार्य गलत भएको बताए ।
योसहितका कारण र कतिपयले सदस्यताका लागि थप समय माग गरेकाले हाललाई एक साता म्याद थप गर्ने निर्णय भएको कुँवरको भनाइ छ ।
साथै,एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि शुरु गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनमा डेलिगेट्सको रुपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरुले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने छ ।
सर्वोच्चको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन आगामी मे ३,४ र ५ मा हुने भनिएको छ । तर, घलेले गराउने एकता महाधिवेशनलाई एनआरएनएको बद्री केसी समूहले चुनौती दिँदै अक्टोबरमा नियमित महाधिवेशन तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
तुलसी दिवसका तीन कविता
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने