बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
अपडेट

धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

आइतबार, १७ चैत २०८१, १८ : ५०
आइतबार, १७ चैत २०८१

काठमाडौँ ।  काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

न्यायाधीश तारादेवी महर्जनको इजलासले नेताद्वयसहित ११ जनालाई  राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । 

यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै उनीहरु पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप