मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री पौडेल

आइतबार, १७ चैत २०८१, १८ : ४७
आइतबार, १७ चैत २०८१

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजतन्त्र फर्काउन खोज्नु मशान घाटबाट मुर्दा व्युँत्याउन गरिएको कोशिसजस्तै रहेको टिप्पणी गरेका छन् । 

मन्त्री पौडेलले अब नेपालमा कहिल्यै पनि राजतन्त्र फर्काउन नसकिने बताउँदै राजतन्त्रवादीहरु हिंसा, आतङ्क, लुटपाटको पक्षमा र नेपाली जनताको मौलिक हककोविरुद्धमा छन् भन्ने कुरा गत शुक्रबारको घटनाबाट पुष्टि भएको बताए ।  

उनले अब कहिल्यै पनि राजतन्त्रवादीहरुले शीर उठाउन नसक्ने गरेर लोकतान्त्रिक गणतन्त्रका पक्षधरले परिष्कृत गरेर अगाडि बढाउन जरुरी रहेको धारणा राखे । पौडेलले अधिनायकवाद, निरङ्कुशता, हिंसा, आतङ्क र प्रतिगमनका पक्षधरलाई कहिल्यै पनि शीर उठाउन नसक्नेगरी परास्त गर्न र उनीहरुलाई किनारा लगाउन गणतन्त्रका पक्षधरहरु एकजुट हुनपर्ने जिकिर गरे । 

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताए  ।

उनले राजाको निरंकुश शासनको बारेमा थाहा नभएकाहरु भ्रममा बस्न नहुने भन्दै राजाहरुलाई प्रश्न गर्न नपाईने इतिहास स्मरण गराउँदै लोकतन्त्रमा गल्ती गर्दा सबैमाथि कारबाही हुने र शुक्रबारको घटनामा संलग्नलाई कारवाही गरेरै छाड्ने स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप