विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई
आइतबार, १७ चैत २०८१, १८ : ३८
_9k2w3VRFuL.jpg)
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव कार्यक्रममा भट्टराईले लोकतन्त्रको विकल्पमा निरङ्कुशवादी शक्ति र राजतन्त्रवादी शक्तिहरुहरु आउन नसक्ने भएपनि लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका हुन् ।
उनले संविधान जारी हुँदाको बेलामा आफूले थुप्रै विमति राखेको बताउँदै अब त्यसलाई संशोधन गरेर जानुपर्ने बताए । भट्टराईले अबको विकल्प जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री, संघ र प्रदेशमा पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताए ।
नदीको प्रवाह कहिले पनि पछाडि नफर्किएजस्तै एक पटक विधिवत रुपमा विदा भइसकेको राजतन्त्र पुनस्र्थापना हुननसक्ने भट्टराईको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका