आगजनी तथा लुटपाटका घटनाप्रति चेम्बरको आपत्ति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचार गृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति आपत्ति जनाएको छ । काठमाडौंको बानेश्वर, तिनकुने, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले आपत्ति जनाएको हो ।
गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई युवाको दुःखद निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा संचारगृहमासमेत क्षति पुगेको छ । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनाबाट पीडितले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेको छ ।
प्रर्दशनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका क्रममा मानवीय जीवनमा समेत क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको छ ।
मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको समयमा भए/गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सवै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका