मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

स्वागत नेपाल हाजिरी जमानीमा रिहा

आइतबार, १७ चैत २०८१, ११ : ००
आइतबार, १७ चैत २०८१

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छाडिएको छ । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् ।

प्रदर्शनका समयमा परीक्षा चलिरहेको र उनी परीक्षा हलमा भएको प्रदर्शनमा सहभागी नदेखिएकाले हाजिरि जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप