अपडेट
स्वागत नेपाल रिहा
आइतबार, १७ चैत २०८१, १८ : ०९

काठमाडौँ । प्रहरीले अधिवक्ता स्वागत नेपाललाई रिहा गरेको छ । राजावादीले शुक्रबार राजधानीको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेपनि प्रहरीले उनको संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल राज बोहराले घटना भएको दिन उनी परीक्षामा रहेको पुष्टि भएकाले रिहा गरिएको बताए । नेपाललाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको प्रवक्ता भनेर प्रचार गरिँदै आएको छ । उनी शुक्रबार नै पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्री पौडेलले भने– समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्नुस्
-
सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने
-
पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान
-
कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
-
शुक्रबार तीनकुनेमा प्रहरीले कति राउन्ड चलाएको थियो गोली ?
-
‘सुनबारी’ लिएर आउँदै गाउँले भाइ