मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

मिचेल स्टार्कले ५ विकेट लिएपछि सस्तैमा समेटियो हैदरावाद

आइतबार, १७ चैत २०८१, १७ : २६
आइतबार, १७ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल १८) अन्तर्गत १० औँ खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सललाई १६४ रनको लक्ष्य दिएको छ ।

विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले मात्र १८.४ ओभर खेल्न सक्यो । यस क्रममा उसले सबै विकेट गुमाएर १६३ रन बनाएको हो । प्रभावशाली मानिएका सनराइजर्सका खेलाडीले आज गतिलो प्रदर्शन गर्न सकेनन् । अभिषेक शर्मा जम्मा १ रनमा आउट भए भने ट्राभिस हेडले पनि मात्र २२ रन बनाए ।  

त्यस्तै नितिश कुमार रेड्डी पनि शून्य रनमै आउट हुँदा इशान किशन २ रनम‌ै पेभिलियन फर्किए । मिचेल स्टार्कले पाँच विकेट लिए भने कुलदीप यादवले तीन तथा मोहित शर्माले एक विकेट लिए । 

सनराइजर्सले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ भने दिल्लीको यो दोस्रो खेल हो । यसअघि दिल्लीले जित निकालेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप