मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह

आइतबार, १७ चैत २०८१, १६ : ४०
आइतबार, १७ चैत २०८१

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् । अहिले लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको उनले टिप्पणी गरे । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष साहले सो बताएका हुन् ।

उनले भने, ‘हिजो हामी लोकतन्त्रको लागि जसरी लड्यौं, अहिले लोकतन्त्र छ ? जनताको सर्वोच्चता यसैलाई भन्छौं ? नेपालमा निर्वाचित संस्थाको सर्वोच्चता छ ? निर्वाचित संस्थामाथि नै छ त ? भन्दै साहले प्रश्न गरेका छन् ।

उनले अहिले मुलुकमा पार्टीको हैकम रहेको, देश पार्टीले चलाएको र त्यसमा पनि पार्टीभित्रको गुटले चलाइरहेको आरोप लगाए । सांसद भनेको पार्टीको कारिन्दामात्र भएको भन्दै लोकतन्त्रलाई मजाक बनाईएको र हिजो लडेर ल्याईएको परिवर्तन उल्टाएर, लोकतन्त्रको ठाउँमा दललतन्त्र हावी भएको टिप्पणी गरे ।

राष्ट्रियताको लागि लडेपनि विदेशीलाई नागकिरता दिनु नाँङ्गो राष्ट्रघात भएको र संघीयताको नाममा दुनियाँमा नभएको ७६१ को तीन तहको सरकार बनाईएको उल्लेख गरे । हिजो अल्पसंख्यकको लागि लडिएको भएपनि अहिले शासकलाई पोसिएको उनको गुनासो थियो । ‘समानताको सट्टा विशेषाधिकार ल्याईयो, प्रतिष्पर्धाको लागि लडेका थियौं, सिण्डिकेट बनाईयो’ उनले भने ।

उनले नेताहरुको शासनलाई गणतन्त्र भनेर भ्रम फिजाइँएको भन्दै आलोचना गरे । उनले भने, ‘जनता देशको मालिक भएका छैनन्, कांग्रेस र एमालेले निर्वाचनको प्रतिबद्धता उल्लंघन गरेका छन् । कुन कानूनले कांग्रेस र एमालेको सरकार बनाउनुभयो ? तपाईंहरुलाई कानून लाग्दैन ? दुनियाँमा नभएको जात्रा नेपालमा भैरहेको छ, सबैलाई थाहा छ अहिलेको क्याविनेट सिस्टममा प्रधानमन्त्री भनेको ‘अल इन वान’ हो, तर प्रधानमन्त्रीमाथि अख्तियार लाग्दैन् ।

उनले हिजो राजाको पालामा समेत सभा तथा सम्मेलन गर्ने ठाउँहरु छुट्याईएको बताउँदै अहिले जनताले सभा गर्ने थलो नपाएकोमा आक्रोश पोखे । उनले भने, ‘केपी ओली सभा गर्नुपर्यो भने एउटा सडकमा गर्छन्, प्रचण्डले गर्नुपरे अर्को सडकमा गर्छन्, तर जनताले कहाँ सभा गर्ने ?’ उनले कांग्रेस र एमाले दुबै दलमा ओरिजिनल नेताको भ्यालु नभएको र खाली पहुँच भएकाहरुको मात्रै बोलवाला रहेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप