सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन

काठमाडौँ । शुक्रबार राजावादीहरूको प्रदर्शनका कारण ज्यान गुमाएका एभिन्युजका पत्रकार सुरेश रजकका दाजु रमेशले भाइको पोस्टमार्टम अहिलेसम्म नभएको जानकारी दिएका छन् ।
आफ्नो भाइको शव टिचिङ अस्पताल महाराजगञ्जमै रहेकाे र सरकारममक्ष प्रस्तुत गरेको माग पूरा नभएसम्म कुने पनि प्रकिया नबढाउने उनले फेसबुकमार्फत जनाएका छन् ।
उनले लेखेका छन्, 'नस्कार सबै जनालाई ! म रमेश रजक, तिनकुने घटना मा मृत्यु भएको सुरेश रजक को दाई। मेरो भाईको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको सबै माझ जानकारी गराउन चाहन्छु। सरकार समक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रतिक्रिया अघि बढाउने छैनौं। धन्यवाद । '
शुक्रबार भएको झडप र प्रदर्शनको भिडियो खिच्ने क्रममा तीनकुनेस्थित एक घरमा आगलागी हुँदा उनको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर सुरेशको मृत्यु भएको भन्दै पूर्वराजाका समर्थकहरूले अफवाह फैलाएपछि उनका दाइले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।