मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी

आइतबार, १७ चैत २०८१, १६ : २४
आइतबार, १७ चैत २०८१

वाशिङ्टनडीसी । डेनमार्कका विदेशमन्त्रीको हालैको भनाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुष्ट छन् । यसको प्रतिक्रियामा ट्रम्पले ग्रिनल्याण्डविरुद्ध सैन्य कारबाहीको विकल्प नरहेको बताएका छन् । 

तर, कुनैपनि सैन्य कारबाही बिना नै सबै कुरा शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने चाहना रहेको उनको भनाई थियो । डेनमार्कका विदेशमन्त्रीले शनिबार एक विज्ञप्ति जारी गर्दै ग्रिनल्याण्डबारे ट्रम्प प्रशासनको अभिव्यक्तिको आलोचना गरेका थिए । 

अमेरिकी उपराष्ट्रपति जेडी भान्स हालै ग्रीनल्याण्डको भ्रमणमा गएका थिए । आफ्नो भ्रमणका क्रममा उनले डेनमार्कले त्यहाँका जनताका लागि पर्याप्त नगरेको भन्दै यो परिवर्तन हुनुपर्छ भनेको थिए । ‘अमेरिकासँग अरु विकल्प बाँकी नरहेको र ग्रीनल्याण्डको सुरक्षा सुनिश्चित गर्न डेनमार्कबाट ग्रीनल्याण्डको स्वतन्त्रताप्रति हामीले समर्थन बढाउन पर्छ,’ भान्सले भनेका थिए । ग्रीनल्याण्डका जनतालाई अपील गर्दै भान्सले भने, ‘हामी तपाईंको सुरक्षाको लागि धेरै गर्न सक्छौं र यो अर्थतन्त्रको लागि पनि राम्रो हुनेछ ।’ 

यसको जवाफमा, डेनमार्कका विदेशमन्त्री लार्स लोक्केले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले धेरै आरोप लगाइएको र आफूहरू आलोचनाको लागि तयार छौं भन्दै अमेरिकाले जुन लबजमा यी कुराहरू भनिरहेको छ, त्यसको तारिफ गर्न नसक्ने बताइएको छ । 

आफ्ना नजिकका सहयोगीहरूसँग कुरा गर्ने तरिका नभएको भन्दै अमेरिका र डेनमार्क घनिष्ठ सहयोगी हुन् भन्ने आफूले अझै मान्दै आएको पनि लोक्केले भनेको थिए । ट्रम्पलाई लोक्केको बयानबारे प्रश्न गर्दा उनले आक्रोशित हुँदै अभिव्यक्ति दिएका थिए– ‘हामीले सैन्य कारबाही बिना यो गर्ने निकै सम्भावना छ, तर योपनि सत्य होइन कि हामी सैन्य कारबाहीको विकल्पमा विचार गरिरहेका छैनौं,’ ट्रम्पले बारम्बार ग्रिनल्याण्डलाई कब्जा गर्ने कुरा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप