भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
आइतबार, १७ चैत २०८१, १६ : १२

काठमाडौं । म्यानमार र थाइल्याण्डमा भूकम्प गएको दुई दिन भइसकेको छ । भुकम्पमा परेर म्यानमारमा १ हजार ६४४ भन्दा बढी मानिसको मृत्यु भएको छ ।
थाइल्याण्डको राजधानी बैंककमा एक भत्किएको अग्लो भवनमा शनिबार १२औँ शव फेला परेको छ । योसँगै थाइल्याण्डमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
घाइतेहरूको उपचारका लागि चिकित्सा सामानको अभाव भएको संयुक्त राष्ट्र संघ (यूएन)ले आइतबार बताएको थियो । यस्तो अवस्थामा विपत्तिको सामना गर्न निकै गाह्रो हुँदै गइरहेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई उद्दार गर्ने प्रयास जारी राखेका छन् ।
चिनियाँ दूतावासले भूकम्पमा आफ्ना १२ नागरिक घाइते भएको बताएको म्यानमारको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । कयौँ मानिस बेपत्ता रहेकोले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन