मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक

आइतबार, १७ चैत २०८१, १६ : ०७
आइतबार, १७ चैत २०८१

काठमाडौंँ । अभिनेता सुशांक मैनालीले अभिनयमा कमब्याक गर्ने भएका छन् । उनी चलचित्र ‘जनै हराएको बाहुन’ मार्फत ८ बर्षपछि चलचित्रमा फर्कन लागेका हुन् ।

फिल्म ‘साँघुरो’बाट अभिनयमा डेब्यु गरेका उनले यो चलचित्रबाट राष्ट्रिय अवार्ड समेत जितेका थिए । उनी अभिनित पछिल्लो चलचित्र ‘जंगे’ २०७३ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ‘टलकजंग भर्सेस टुल्के’ र ‘को आफ्नो’मा काम गरेका थिए ।

‘जनै हराएको बाहुन’मा सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा भएकाले अभिनय गर्न लागेको मैनालीले बताए । लामो समय अमेरिका बसेका उनी निर्माता पनि हुन् । उनले निर्माण गरेको चलचित्र ‘भूठान’ आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

हिमाल न्यौपानेको निर्देशन रहने ‘जनै हराएको बाहुन’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडी, रेअर राईको पनि अभिनय रहनेछ । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनको कथालाई समेटेको छ ।

पेपर क्लिपले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । यसमा थानेश्वर गौतमको संगीत रहनेछ । यही चैत २५ गतेदेखि छायांकन सुरु हुन लागेको चलचित्रको प्रदर्शन मिति हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गतेलाई घोषणा गरिएको छ । 

काठमाडौं र पाल्पामा छायांकन हुने चलचित्रमा नवीन गुरुङको छायांकन रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप