अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित
आइतबार, १७ चैत २०८१, १६ : ०७

काठमाडौँ । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कांस्य पदक जितेको थियो ।
कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्ष उमेर समूहको लङजम्पमा रजत जितेका थिए । पुरुष ८०–८५ वर्ष उमेर समूहको एक हजार पाँच सय मिटर दौडमा गीर्वाणविक्रम शाह र ५५–६० वर्ष उमेर समूहको पाँच हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य पदक जितेका थिए ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाइ शर्माले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर बगरमा तरभुजाखेती
-
लोसपा नेपालको महाधिवेशन पुनः सर्ने
-
किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब मन्त्रालयबाटै
-
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना
-
इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड