मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

मस्कको एक्सएआईले किन्यो एक्स

आइतबार, १७ चैत २०८१, १५ : ००
आइतबार, १७ चैत २०८१

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले उनकै स्वामित्वमा रहेको माइक्रो ब्लगिङ वेबसाइट एक्स किनेको छ ।

मस्कले शुक्रबार साँझ एक्स बेचेको घोषणा गरेका थिए । मस्कको यो कम्पनी अरु कसैले नभएर उनकै एआई कम्पनी एक्सएआईले किनेको हो । यसका लागि एक्सआईले ४५ अर्ब डलर भुक्तानी गरेको बताइएको छ । 

यो भनेको मस्कले २०२२ मा एक्स (त्यतिबेलाको ट्विटर) किन्दा खर्च गरेको भन्दा थोरै बढी हो । पछिल्लो सम्झौतामा एक्सएआईले एक्सको १२ अर्ब डलर ऋण पनि सकारेको छ । सम्झौताले एक्सको मूल्यांकन ३३ अर्ब डलर गरेको मस्कले भनेका छन् । 

अब एक्सएआई र एक्स दुबैको भविष्य एक अर्कामा जोडिएको मस्कले एक्समा एउटा पोष्ट गर्दै भनेका थिए । तत्कालै मस्कले एक्समा कुनै हेरफेरको घोषणा गरेका छैनन् । तर, एक्सएआईको च्याटबोट ग्रोक भने पहिला नै एक्समा जोडिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप