अमेरिकाको प्रतिकार गर्ने तयारीमा बेलायत

लन्डन । बेलायतले अमेरिकाबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने तयारी गरिरहेको छ ।
डाउनिङ स्ट्रिटसम्बद्ध स्रोतले बताएको भन्दै बीबीसीले छापेको समाचारमा आवश्यक परेमा बेलायत अमेरिकाविरुद्ध अतिरिक्त भन्सार महसुल लगाउन हिचकिचाउने छैन ।
अमेरिकाले बाहिरबाट आउने कारमा लगाएको २५ प्रतिशत महसुल अप्रिल २ देखि लागू हुँदैछ । यही समयमा बेलायत सरकार ह्वाइट हाउससँग अन्तिम क्षणको वार्ता गरिरहेको छ ।
अमेरिकासँगको व्यापार बराबरी जस्तै भएको भन्दै अरु देशलाई जसरी बेलायतलाई कर लगाउन नमिल्ने तर्क बेलायतको छ । आफूलाई व्यापार युद्धमा हाम फालिहाल्ने कुनै इच्छा नभएको बेलायती प्रधानमन्त्री किर स्टार्मरले बताएका छन् ।
दोस्रो कार्यकाल सम्हालेदेखि नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्पादन स्वदेश फर्काउने अनि रोजगारी जोगाउने भन्दै अन्य देशमाथि धमाधम अतिरिक्त महसुल लगाइरहेका छन् । तर, अर्थविद्हरूले राष्ट्रपतिको यस कदमले उपभोक्ता मारमा पर्ने र आर्थिक गतिविधि खुम्चनसक्ने चेतावनी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष