मिलन नेवारले ल्याइन् नयाँ गीत ‘तिमी टाढा छौ’

काठमाडौँ । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ ।
गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।
राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी र बालकलाकार परिना भण्डारीको अभिनय छ । बाल कलाकार परिनाको यो डेब्यु अभिनय हो ।
गीतमा आमाले सानी छोरी छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भलाई देखाइएको छ । राजुजँग बस्नेतको कथा एवं निर्देशनमा तयार भिडियोमा आमा–छोरी र हजुरबुवाको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन छ ।
केही समयमा नै ‘सुनसान रात २ – भाग २’को ‘बिर्सिदे भन्छ्यौ’ पनि रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । गीतमा ‘तिमी टाढा छौ’मा देखाइएको बिछोड पछाडिको रहस्यलाई देखाइने जनाइएको छ ।
<>
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण