महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको सम्मान दिन सरकारले तयार गर्यो २० जनाको सूची

काठमाडौँ । सरकारले यस वर्षको महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी) का लागि सूची तयार गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले राष्ट्रिय अर्थतन्त्रमा उद्योग तथा वाणिज्य क्षेत्रमा योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट व्यवसायीहरूलाई सम्मान र कदर गर्न यस्तो सूची प्रकाशित गरेको हो ।
यसमा विभिन्न आधारमा कम्पनीको नाम छनोट गरिएको छ । उक्त कम्पनीले सिफारिस गरेको व्यक्तिलाई सीआईपीको सम्मान दिइनेछ ।
निर्यात क्षेत्रतर्फ सर्वाधिक निर्यात गर्ने ५ कम्पनी छनोट गरिएको छ । यसरी सम्मान पाउनेहरूमा ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोसाकतर्फ एभरेस्ट पस्मिना, उनी फेल्टका सामानतर्फ नेशनल एक्पोर्टस्, कुकुर बिरालोको आहारतर्फ मनराम हिमालय हेन्डीक्राफ्ट र पस्मिना सलतर्फ तारा ओरियन्टल रहेका छन् । यी कम्पनीहरूले क्रमशः २ अर्ब २५ करोड, १ अर्ब १९ करोड, १ अर्ब ४३ करोड, २ अर्ब ८० करोड र ६० करोड रुपैयाँ बराबरको निर्यात गरेको केन्द्रले जनाएको छ ।
त्यस्तै, भारततर्फ निर्यात गर्ने आधारमा डाबर नेपाल, आरती स्ट्रिप्स र रिलायन्स स्पिनिङ मिल रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा डाबर नेपालले १९ अर्ब ४७ करोड, आरती सीक्रप्सले १४ अर्ब ३ करोड र रिलायन्स स्पिनिङ मिल्सले १२ अर्ब ४९ करोडको निर्यात गरेको केन्द्रले जनाएको छ ।
चीनतर्फको निर्यातका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्टमंगल सम्मानित हुने सूचीमा छन् । त्यसमध्ये छोमेनले ५० करोड, फिञ्जोले ३९ करोड र अस्टमंगलले ३० करोडको निर्यात गरेका छन् ।
त्यस्तै, मौलिक सीपकला र संस्कृति झल्किने हस्तकला निर्यात गर्ने गिफ्टलेन्ड इन्टरप्राइजेजले साढे १४ करोडको निर्यात गरेर सम्मानित हुने सूचीमा परेको छ । सरकारले प्राथमिकतामा राखेका कृषिजन्य वस्तु तथा जडिबुटी निर्यात गरेबापत झापाको नेपाल एभरेस्ट कार्डामसले २ अर्ब ९१ करोड तथा र एबी हर्बल ट्रेडर्सले ३७ करोड निर्यातसहित सम्मानित हुने सूचीमा परेको छ ।
महिला निर्यातकर्ताबाट सञ्चालितमध्ये सर्वाधिक निर्यात गरेर सम्मान पाएकामा उद्योगमा जनकपुर रिफाइनरिजले ६ अर्ब ३६ करोडको निर्यात गर्नेछ । विप्रेषण आप्रवाहतर्फ आईएमई लिमिटेड २ अर्ब ९१ करोड ८१ लाख अमेरिकी डलर, पर्यटन क्षेत्रमध्ये सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने एभरेस्ट हस्पिटालिटी (मेरियट होटल) १ करोड २० लाख अमेरिकी डलर, युवा उद्यमी व्यवसायीतर्फ सबैभन्दा धेरै निर्यात गर्नेमा रिलायन्स स्पिनिङ मिलका अक्षय गोल्यान (३६ वर्ष) रहेका छन् ।
त्यसबाहेक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षलाई मानार्थ रुपमा यस्तो सम्मान दिने केन्द्रले जनाएको छ ।
उक्त सूचीमा कसैको दाबी विरोध भएमा ७ दिनभित्र दाबी विरोध गर्न आह्वान गरिएको छ । त्यो अवधिमा कुनै दाबी विरोध नआएमा यही अनुसार सम्मान दिइने केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनबारे पुनर्विचार गर्न शिक्षकहरुलाई संसदीय समितिको आग्रह
-
सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक