प्रधानमन्त्री ओली असहिष्णु र गैरजिम्मेवार देखिए : माओवादी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु र गैरजिम्मेवार भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी सांसद माधव सापकोटाले प्रधानमन्त्री ओली स्वयं अराजकता र बेथितिलाई मलजल गर्न लागिरहेको आरोप लगाए ।
‘प्रधानमन्त्रीज्यू असहिष्णु र गैरजिम्मेवार देखिनु भएको छ,’ सापकोटाले पत्रकारहरूसँग भने, ‘उहाँ अराजकता र बेथितिलाई मलजल गर्न लागिरहनु भएको छ ।’
व्यवस्थाप्रति नै प्रश्न उठाएर शुक्रबार तीनकुनेमा घटाइएको घटनाबारे प्रतिपक्षी दलहरूले माग नगरे पनि संसद्मा आएर जवाफ दिनुपर्नेमा प्रधानमन्त्री ओलीले विपक्षीले माग गर्दा पनि संसद्लाई टार्ने काम गरेको उनले बताए ।
उनले प्रधानमन्त्रीले संसद्लाई रेस्पोन्स नगरेको पनि बताए । ‘हामीले जवाफ नमागेको भए पनि प्रधानमन्त्री संसद्मा आएर जवाफ दिनुपर्ने हो, आउनुभएन,’ सापकोटाले भने, ‘सिङ्गै नेपाललाई आश्वस्त बनाउने गरी जवाफ दिनुपर्नेमा प्रधानमन्त्रीले संसदलाई रेस्पोन्स गरिरहनुभएको छैन ।
माओवादीले संसद्को लाइभ सुनियोजित रूपमा बन्द गरिएको आरोपसमेत लगाएको छ । ‘संसद्को लाइभ बन्द गरियो, सुनियोजित भयो भन्ने हाम्रो माग हो,’ उनले भने ।
संसद्मा विपक्षीभन्दा सत्ता पक्ष उग्र देखिएको आरोप पनि विपक्षीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
-
‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम
-
कलाकारको उमेर होइन, अभिनय हेरिन्छ – राजेश हमाल
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो