बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
राजनीति

राजावादीको आक्रमण र तोडफोडविरुद्ध चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय

आइतबार, १७ चैत २०८१, २२ : २६
आइतबार, १७ चैत २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राजावादीहरूले प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयसहित भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाटविरुद्ध चैत २५ गतेभित्रै सबै प्रदेश, जिल्ला र स्थानीय कमिटीमा भण्डाफोर र प्रदर्शन गर्ने भएको छ । 

शनिबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सो पार्टीले राजावादी हर्कतबिरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । 

‘हाम्रो पार्टी कार्यालय काठमाडौँ आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनीविरुद्ध यही चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने’, बैठकले पारित गरेको निर्णयमा समाजवादीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप