कर्णाली प्रदेश
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
आइतबार, १७ चैत २०८१, १३ : ४१

सुर्खेत । कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बेलुका राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले रातोपाटीलाई बताए ।
त्यसका लागि सरकारले आइतबार नै प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने छ । यस्तै अन्य ११ वटा निर्णय भएका छन् । किटनाशक विषादी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय पनि भएको उनले बताए ।
यस्तै दैवि प्रकोपवाला असिनापीडित किसानका लागि राहत रकम उपलब्ध गराउने निर्णय भएको छ । शाहका अनुसार रकमान्तर गरेर ७३ लाख बराबरको राहत रकम वितरण गर्न लागिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो
-
बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा
-
छत्रमान सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’ लोकार्पण
-
दुई दिनमा सलमानको ‘सिकन्दर’को कमाई ५० करोड भारु
-
अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति