बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
अपडेट

नवराज नजरबन्दमा परेपछि राजावादीले खोजे वैकल्पिक नेतृत्व

आइतबार, १७ चैत २०८१, १३ : ३६
आइतबार, १७ चैत २०८१

काठमाडौँ । वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ । 

आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमान गुरुङलाई दिइएको हो । 

सुवेदीको नामबाट जारी एक विज्ञप्तिमा आन्दोलनको नेतृत्व गुरुङले गर्ने उल्लेख छ । ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ । 

सुवेदीले आन्दोलन निरन्तर राख्न पनि अनुरोध गरेका छन् । हाल  राजावादी नेताहरू पक्राउ पर्दा र संयोजक नै नजरबन्दमा हुँदा आन्दोलनका कार्यक्रम प्रभावित भएका छन् । 

शुक्रबार राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएसँगै राजावादीमाथि सरकारले धरपकड गरेको थियो । घटनापछि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप