नवराज नजरबन्दमा परेपछि राजावादीले खोजे वैकल्पिक नेतृत्व

काठमाडौँ । वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ ।
आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमान गुरुङलाई दिइएको हो ।
सुवेदीको नामबाट जारी एक विज्ञप्तिमा आन्दोलनको नेतृत्व गुरुङले गर्ने उल्लेख छ । ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।
सुवेदीले आन्दोलन निरन्तर राख्न पनि अनुरोध गरेका छन् । हाल राजावादी नेताहरू पक्राउ पर्दा र संयोजक नै नजरबन्दमा हुँदा आन्दोलनका कार्यक्रम प्रभावित भएका छन् ।
शुक्रबार राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएसँगै राजावादीमाथि सरकारले धरपकड गरेको थियो । घटनापछि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले