नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ९ दिनदेखि आन्दोलित

काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी ल्याएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै ९ दिन देखि प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् ।
सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहानैदेखि कर्मचारीहरूले हातमा कालो पट्टी बान्दै २ बजे सम्म पेन डाउन गरी सो विधेयकको विरोध गरेका हुन् ।
सरकारले उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्टै बनाउन संसद्मा पेस गरेको दुई विधेयकप्रति आपत्ति जनाउँदै कर्मचारीहरू आन्दोलनमा उत्रिएको प्राधिकरणका आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष कोइरालाले बताए ।
कर्मचारीहरूले ‘हवाई माफियाहरू होसियार’, ‘हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर’ भन्दै नारासमेत लगाएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
-
‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम
-
कलाकारको उमेर होइन, अभिनय हेरिन्छ – राजेश हमाल
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो