मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

उदयपुरको मुर्तीखोलाबाट करिब ८ सय ९१ किलो गाँजा बरामद

आइतबार, १७ चैत २०८१, १३ : २४
आइतबार, १७ चैत २०८१

उदयपुर  । बेलका नगरपालिका–६ स्थित मुर्तीखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको छ ।

बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ३९ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरको सुरक्षा फौजले बरामद गरेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

 बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप