अन्तिम कन्सर्टअघि १९७४ एडीका सदस्यहरूले विश्व शान्तिको कामना गर्दै उडाए परेवा
आइतबार, १७ चैत २०८१, १३ : ०३
_RYpWgxcKA0.jpg)
काठमाडौँ । नेपालको लोकप्रिय ब्याण्ड १९७४ एडीले काठमाडौँमा आफ्नो अन्तिम कन्सर्ट आयोजना गर्दैछ । कार्यक्रम यही चैत २३ गते हायात ग्राउण्डमा हुने भएको हो ।
३ दशक लामो सांगीतिक यात्रालाई विश्राम दिनु अघि ब्याण्डले अन्तिम प्रस्तुति दिन लागेको हो । आइतबार बौद्ध स्तूपामा भेला भएर ब्याण्डका सदस्यहरूले परेवा उडाएर विश्व शान्तिको कामना समेत गरेका छन् ।
तस्बिरहरू ः नेपाल फोटो लाईब्रेरी