पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पाथीभरा केबलकार निर्माणको काम रोक्न अन्तरिम आदेश माग गर्दै यामबहादुर लिम्बुसमेतले दायर गरेको रिटमा न्यायाधीश शारङ्गा सुवेदीको इजलासले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन पनि आदेश गरेको छ ।
गत चैत १३ गतेको उक्त आदेश आइतबार सार्वजनिक भएको छ । सार्वजनिक आदेशअनुसार विपक्षीहरूमध्ये केहीलाई महान्यायाधिवक्ता, मुख्य न्यायधिवक्ताको कार्यालय र आफैँ वा प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश गरिएको छ ।
रिटमाथि वरिष्ठ अधिवक्ताहरू केदारप्रसाद दाहाल, नारायणप्रसाद देवकोटा, पद्मबहादुर श्रेष्ठ र अधिवक्ताहरु दिलराज खनाल, सोम सापकोटा, प्रेमचन्द्र राई र जितेन्द्रबहादुर मडैले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन