अमेरिकामा विमान दुर्घटना, उड्ने बित्तिकै घरमाथि खस्यो

वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना शनिवार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो ।
एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले एक विज्ञप्तिमा भनेको छ । विमानले एक पटकमा ६ जनासम्म बोक्न सक्थ्यो । विमानमा सवार कोही पनि जीवित नरहेको बताइएको छ । घरका बासिन्दाहरू घाइते नभएको तर घर आगलागीबाट पूरै नष्ट भएको ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनले बताएका छन् ।
विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एफएएले बताएको छ । विमान अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण हुन जाँदै थियो । यो मिनियापोलिसको अर्को उपनगरमा अवस्थित छ । घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी