मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

‘हेल्लो काँशीराम’ सेन्सर पास

आइतबार, १७ चैत २०८१, १२ : २२
आइतबार, १७ चैत २०८१

काठमाडौँ । रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘हेल्लो काँशीराम’ सेन्सर पास भएको छ ।

 आगामी जेठ २ गतेबाट देशभर प्रदर्शनमा आउने भनिएको फिल्मलाई केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) दिएको हो ।

कमेडी शैलीमा निर्माण भएको फिल्म भित्रको कथाको रहस्य भने दर्शकले प्रदर्शन भएपछि थाहा पाउनेछन् । ‘सेन्सर बोर्डका सदस्यहरूले समग्रमा फिल्मलाई राम्रो रेटिङ दिनुभयो । यसले निकै खुसी बनाएको छ ’ निर्देशक विश्वकर्माले भने ।

रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन समेत निर्देशन विश्वकर्माको हो । फिल्मलाई पी.बी. थापाले बनाएका हुन् ।

यम आलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ । फिल्मलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ ।

फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको निर्माण टिमले जनाएको छ । फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र वियोगी र विपिन आचार्यले गरेका छन् ।

निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप