विश्वविद्यालयहरूमा प्रदर्शन गरिरहेका विदेशी विद्यार्थीलाई देश छोड्न अमेरिकाको आदेश
आइतबार, १७ चैत २०८१, १२ : ११

वासिङ्टन डीसी । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शन गरिरहेका सयौँ विदेशी विद्यार्थीहरूलाई इमेल पठाएको छ । यी इमेलहरूमा विद्यार्थीहरूलाई आफैँ अमेरिका छोड्न अर्थात् स्व–निर्वासित हुन भनिएको छ ।
सामाजिक सञ्जालमा अमेरिकाविरुद्ध पोस्ट गर्ने वा ती पोस्टहरूलाई लाइक गर्ने विद्यार्थीहरूलाई पनि यस्तै इमेलहरू पठाइएको छ ।
यसअघि मार्च २७ मा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले राष्ट्रविरोधी गतिविधिमा संलग्न विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गरेका थिए । अहिलेसम्म ३०० जना यस्ता विद्यार्थीमाथि कारबाही भइसकेको छ ।
विदेश मन्त्रालयले एआई एप क्याच एण्ड रिभोक पनि सुरु गरेको छ । यस एपको सहयोगमा हमास वा अन्य आतङ्कवादी सङ्गठनहरूलाई समर्थन गर्ने विदेशी विद्यार्थीहरूको पहिचान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी