आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
आइतबार, १७ चैत २०८१, १२ : ००

नयाँ दिल्ली । भारतमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । आकाशमा उडिरहेको समयमा स्पाइसजेटको विमानको टायर पड्किएको थियो ।
घटना आइतबार बिहानको हो । विमान जयपुरबाट चेन्नई आइरहेको थियो । टायर पड्किएपछि बिहान ५ः ४६ बजे विमानको आकस्मिक अवतरण गराएको विमानस्थलका अधिकारीहरूले पुष्टि गरेका छन् ।
विमानमा सवार यात्री र क्रु सबै सुरक्षित रहेको बताइएको छ । विमानको टायर पड्केको पाइलटले थाहा पाएका थिए । यसपछि अवतरण गर्नुअघि उनले सम्बन्धित अधिकारीहरूलाई यसबारे सूचित गरिदिए ।
विमानको दुई नम्बरको पाङ्ग्रा क्षतिग्रस्त भएर बाहिर झुत्रो निस्किरहेको निरीक्षणको क्रममा पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी