अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक झापामा पक्राउ
आइतबार, १७ चैत २०८१, ११ : ४६

काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापाका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ । ४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् । अमेरिकाबाट आफ्नो समूहमा १० जना डिपोर्ट (निष्कासन) मा परेको उनीहरूले प्रहरीलाई बताएका छन् ।
भुटानी शरणार्थीहरूलाई प्रहरीले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । झापाको बेलडाँगीमा रहेका शरणार्थी शिविरमा ५ हजार शरणार्थी बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम
-
कलाकारको उमेर होइन, अभिनय हेरिन्छ – राजेश हमाल
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो
-
बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा
-
छत्रमान सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’ लोकार्पण