विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने

काठमाडौँ । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलव्ध गराउने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।
सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक बिस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ ।
नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताए ।
उनले भने,‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानको लागि आधारभुत छ । यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायहरूलाई बजार र सेवासम्म पहुँच पु¥याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवद्र्धन गर्न मद्दत गर्छ ।’
विश्व बैंककाअनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्नेछ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनको लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प
-
माइक्रोसफ्टले किन बन्द गर्यो सांघाईको एआई ल्याब ?
-
गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु
-
बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट रुपन्देही लगियो
-
नेप्सेको सीईओ : दुई मन्त्रिपरिषद् बैठकमा दुई फरक नियुक्ति
-
नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र